वीरगञ्जमा १३ लाखसहित दुई जना पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको १३ लाखसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपियाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. २ घुसुकपुर बस्ने ३९ वर्षीय संजयकुमार साह र बाराको महागढीमाई नगरपालिका वडा नं. ४ बगडमपुर बस्ने ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबी ७७६१ नम्बर र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Friday, 2025 August 22, 4:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया