बेलायतबाट आउनेवित्तिकै रेड नोटिस जारी भएका व्यक्ति पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तुको वाणगंगा नगरपालिका–३ घर भएका दीपककुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी, काठमाडौंबाट खटिएको प्रहरीले श्रेष्ठलाई विमानस्थलबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका श्रेष्ठलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट अनुरोध भएपश्चात एनसीबी, काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा श्रेष्ठविरूद्ध डिफ्युजन जारी भएको थियो ।
श्रेष्ठलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया