बडी बिल्डर कविराज कटुवाल पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले बडी बिल्डर कविराज कटुवाललाई पक्राउ गरेको छ ।

कटुवाललाई प्रहरीले अनुचित लेनदेन (मिटरब्याजी)को आरोपमा पक्राउ गरेकाे जनाएको छ । कटुवाल सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वठा नं. निवासी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएका छन् ।

पक्राउ परेका कटुवालमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले पत्रकारहरूलाई बताएका छन् ।

कटुवालले पीडितलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएको र पीडितले चार करोड ८६ लाख रुपियाँ फिर्ता गर्दासमेत धम्की दिँदै थप रकम मागेको आराेप लागेकाे छ ।

Published : Wednesday, 2025 August 20, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया