डीएसपी र एसपीहरूको सरुवा तथा काज

काठमाडौं । नेपाल प्रहरीले २० जना प्रहरी उपरीक्षक (एसपी) र ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले एकसाथ सरूवा सूची निकालेको सूचनामा उल्लेख छ । हालै बढुवामा परेका ११ जना एसपीलाई पदस्थापन गरिएको सूचनामा उल्लेख छ । ९ जनालाई सरूवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा टेकबहादुर कार्की क्षेत्री, धादिङमा भेषराज रिजाल, उदयपुरमा राजन चापागाईं र बर्दियामा सरोज पौडेलको सरुवा भएको छ ।

डीएसपीतर्फ ४१ जनाको सरूवा तथा काज भएको छ । केही ठाउँमा प्रमुखका रुपमा सरुवा गरिएको छ ।

Published : Wednesday, 2025 August 13, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया