वडा सभापति बुढाथोकीविरुद्ध झुठ्ठा आरोप लगाइएपछि दाङ कांग्रेसद्वारा भर्त्सना
घोराही । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति दाङले कांग्रेसका वडा सभापति शरद बुढाथोकीविरुद्ध आएका समाचार र सामाजिक सञ्जालका टिकाटिप्पणी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार दाङ कांग्रेसका सभापति शंकरप्रसाद डाँगीले प्रेस विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ३ का सभापति शरद बुढाथोकीको नाम उल्लेख गरेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
‘नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ३ का सभापति शरद बुढाथोकीको नाम उल्लेख गरि आएका समाचार र सामाजिक सञ्जालमा आएको विषयप्रति नेपाली कांग्रेस दाङको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभापति डाँगीले भने ।
‘उक्त घटना र विषयप्रति सभापति बुढाथोकीको कुनै पनि संलग्नता नहुँदा नहुँदै पनि राजनीतिक पूर्वाग्रह राखी बदनाम गराउने उद्देश्यले नियोजित रुपमा घटना बाहिर ल्याइएको देखिन्छ,’ सभापति डाँगीले भने, ‘यस प्रकारका तथ्यहीन समाचारहरू प्रकाशन नगर्न सबैमा नेपाली कांग्रेस, दाङ हार्दिक अपील गर्दछ ।’
केही अनलाइन सञ्चारमाध्यम तथा एमालेका नेता कार्यकर्ताहरूले वडा सभापति शरद बुढाथोकीको चरित्रहत्या हुने गरि समाचार प्रकाशित गर्नुका साथै सामाजिक सञ्जालमा भ्रामक कुराहरू प्रकाशित भएपछि दाङ कांग्रेसले भर्त्सना गरेको छ ।
वडा सभापति शरद बुढाथोकीको नाम जोडेर एमाले र कम्युनिस्ट समर्थक केही सञ्चारमाध्यम गाउँको पानी पिउने कुँवामा मलमूत्र हालेर फोहर गरिदिएको भनेर समाचार प्रकाशित गरेपछि दाङ कांग्रेसले आपत्ति जनाउँदै राजनीतिक पूर्वाग्रही भएर समाचार प्रकाशित नगर्न सचेत गराएको छ ।
यसैबीच, लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसकी सदस्य लोका विश्वकर्माले राजनीतिक पूर्वाग्रहीका आधारमा चरित्रहत्या गरिएको बताएकी छिन् । उनले आफ्नो स्वकीय सचिव समेत रहेका कांग्रेसका वडा सभापति शरद बुढाथोकीको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर आपत्ति जनाएकी हुन् । विश्वकर्माले राजनीतिक पूर्वाग्रहीको आधारमा चरित्रहत्या गरिएको बताइन् ।
विश्वकर्माले सामाजिक सञ्जालमा लेखेर भनेकी छिन्, ‘राज्यको मूलधारमा पछाडि पारिएका महिला, दलित आदिवासी, जनजाति, मुक्त कम्लहरी, सीमान्तकृत, मुश्लिम लगायतका अन्य बर्ग र समुदायहरूका हक, अधिकारलाई सुनिश्चित गरि सबै निकाय र तहमा पहुँच बृद्धि गर्नुका साथै समानतामा आधारित सभ्य र समतामूलक समाजको परिकल्पना सहित संविधानमा व्यवस्था गरिएका नीति र कानूनको गलत प्रयोग गरि समाजलाई अराजक र बिकृतिमूलक ढंगले अगाडि बढाउने र राजनीतिक पूर्वाग्रहीका कारण नियोजित रुपमा निर्दोष व्यक्तिको चरित्रहत्या गर्ने छुट कसैलाई पनि छैन ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया