रामपुर प्रहरीद्वारा सामुदायिक बनबाट बन्दुक बरामद

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला परेको छ ।

साउन २५ गते राति साढे ७ बजेको समयमा रामपुर नगरपालिका वडा नम्वर १ मन्छरामस्थित पिपलडाँडा सामुदायिक बनमा बेवारिसे अवस्थामा रहेको भरवा बन्दुक फेला पारिएको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीले बताए ।

भरुवा बन्दुक १ नाले थान–१ फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय, रामपुरमा ल्याई आवश्यक अनुसन्धान भइरहेको ईन्स्पेक्टर नेपालीले बताए ।

Published : Monday, 2025 August 11, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया