बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेस संसदीय दलद्वारा ह्वीप जारी
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले साउन २७ गते मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
कांग्रेस संसदीय दलका नेता र मुख्यमन्त्री बानियाँले लिने विश्वासको मत दिन ह्वीप जारी गरिएको संसदीय दलका सचिव एवम् निवर्तमान युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्नले बताए ।
साउन २७ गते मुख्यमन्त्री बानियाँले नेपालको संविधान धारा १६८ (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ (१) अनुसार विश्वासको मत लिने तयारी छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले मतदानमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र विश्वासको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको सचिव महर्जनले बताए ।
दलको कार्यसमिति बैठकले प्रवक्तामा सुरजचन्द्र लामिछानेलाई तोक्ने र ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा सुरजचन्द्र लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् ।
बागमती प्रदेशसभाको बैठक साउन २७ गते ४ बजेका लागि बैठक आह्वान भइसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया