ब्राजिलकी महिलालाई कोकिनसहित विमानस्थलबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट अवैध लागुऔषध कोकिनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।
बुधबार १ किलो ९ सय ५० ग्राम सहित ब्राजिलियन नागरिक २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई पक्राउ गरेको ब्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले ब्राजिलबाट दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी ती महिलालाई जाँच गर्न क्रममा लागुऔषधसहित फेला पारेर पक्राउ गरेको थियो ।
ती महिलाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
Published : Friday, 2025 August 8, 7:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया