विदेशी चलचित्रको विकास शुल्क साउनभित्र तिर्न निर्देशन

काठमाडौं । चलचित्र विकास बोर्डले विदेशी चलचित्र प्रदर्शन बापत असुल गरेको चलचित्र विकास शुल्क साउन २५ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।

साउन २० गते बोर्डका अध्यक्ष दिनेशराज दाहालले सूचना जारी गरेर चलचित्रघरहरूलाई २०८२ साउन २५ गतेचित्र बुझाउन बाँकी चलचित्र विकास शुल्क, बक्यौता तथा जरिवाना दाखिला गर्न निर्देशन दिएका हुन् ।

सूचनामा भनिएको छ, ‘बाँकी बक्यौता र जरिवाना तिर्न पटक पटक पत्राचार गर्दा समेत अटेर गरी नबुझाएका चलचित्रघरहरूलाई २०८द्द साउन २५ गतेभित्र बुझाउन हुन जानकारी गराइन्छ । अन्यथा आर्थिक ऐन २०८२÷८३ बमोजिम कारबाही गरिनेछ ।’

नेपालभर सञ्चालनमा रहेका चलचित्रघरहरूले विदेशी चलचित्र प्रदर्शन बापत असुल गरेको चलचित्र विकास शुल्क मासिक रुपमा दाखिला गर्नुपर्ने व्यवस्था रहेकोमा केही चलचित्रघरहरूले नतिरेपछि बोर्डले चलचित्र विकास शुल्क, बक्यौता तथा जरिवाना दाखिला गर्न आदेश दिएको छ ।

Published : Thursday, 2025 August 7, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया