कर्मा, आकृति र मुस्कान बने ‘मिस प्लस टू इन्टरनेसनल’

काठमाडौं । ‘मिस प्लस टु इन्टरनेशनल’मा तीन विजेता छानिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रतियोगामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’, ‘मिस प्लस टु नेपाल ग्लोवल’ र ‘मिस प्लस टु नेपाल हेरिटेज’ गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

‘मिस प्लस टु नेपाल वर्ल्ड’को ताज कर्मा लामाले जित्दा ‘मिस प्लस टु नेपाल ग्लोवल’ आकृति पोखरेल घोषित भइन् । प्रतियोगितामा मुस्कान कुँवरले भने ‘मिस प्लस टु नेपाल हेरिटेज’को उपाधि जित्न सफल रहिन् ।

सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र प्रतिभाको आधारमा विजेता छानिएको प्रतियोगीतामा हेरिटेज विजेता मुस्कान कुँवरले ‘पब्लिक चोइस’को उपाधि समेत हान पार्न सफल भइन् ।

प्रतियोगितामा सबटाइटलतर्फ मुस्कान कुँवर ‘मिस ट्यालेन्ट’, कर्मा लामा ‘मिस स्टाइलिस’ र ‘बेस्ट वाक’, आकृति पोखरेल ‘मिस फोटोजेनिक’, प्रियंका चौधरी ‘मिस कन्जिनियलिटी’, अनुपमा नेपाल ‘मिस पर्सनालिटी’, काजल मेहता ‘मिस कन्फिडेन्ट’, रेशुकुमारी मगर ‘मिस इन्टेलेक्चुअल’, रेनुका मास्के ‘मिस डिसिप्लिन’, निकिता शाह ‘बेस्ट ट्रान्सफर्मेसन’, पुष्पाञ्जली शर्मा ‘मिस डिटरमिनेसन’, कृति शाह ‘मिस चार्मिङ’ र मनकामना रौनियार ‘मिस डिसेन्ट’, आश्मा धामी ‘म्यानेजमेन्ट चोइस’ र कृतिका कर्माचार्यले ‘इभनिङ गाउन’ उपाधि हात परेका छन् ।

सङ्गीता रौनियार, प्रिया मानन्धर, बीएवा बस्नेत, राम केसी, विशाल गुरुङ, अनिला श्रेष्ठ, मनीषा डंगोल लगायतका निर्णायक रहेको प्रतियोगितामा युभा इभेन्ट्सले आयोजना गरेको थियो ।

त्रिदेवी श्रेष्ठले कार्यक्रम ब्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा निखार्दै उनीहरूको व्यक्तित्व निखार्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको थियो । प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा ‘जीनोपे’ जोडिएको थियो ।

यो प्रतियोगिताको अघिल्ला संस्करणमा पनि थुप्रै प्रतिभाशाली अनुहारहरू उदाएका छन् । जसमा सुप्रिया हमाल ठकुरी, आँचल शर्मा, प्रभेशिका अधिकारी र शिक्षा राणा लगात रहेका छन् । आँचलले सन् २०१५ मा उपाधि जितेक िथिइन् । उनी नेपाली फिलम उद्योगमा स्थापित नाम भएकी छन् ।

Published : Thursday, 2025 August 7, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया