पर्सामा महिलालाई अपहरण गरेर ३ दिन सामूहिक करण गर्ने २ जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न दुईजना मानिसहरूलाई पक्राउ गरेको जनाएको छ ।

वैशाख २० गते दिउँसो ३ बजेको समयमा महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरेर फरार रहेका वर्ष ४० का नेक महमद र वर्ष २१ का अफताब अन्सारीलाई पक्राउ गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेक महमद पर्साको बहुदरमाई नगरपालिका वडा नं.२ सिसियारी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१३ राधेमाईस्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक हुन् । अन्सारी रौतहट घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने व्यक्ति हुन् ।

नेक र अफताबले ३४ वर्षीया महिलालाई आफ्नै बाख्रा गोठबाट बाख्राहरू बाँधी घर फर्कने क्रममा अपहरण गरेका थिए ।

‘बीच बाटोमै घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्कस्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै–पालो जबरजस्ती करणी गरी मिति २०८२÷०१÷२३ गते बिहान ०८ः०० बजेको समयमा जिल्ला पर्साको घडीअर्वा पोखरीको गल्लीमा एक्लै रगतामै अवस्थामा छाडी भागी फरार भएका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

पीडित महिलाको किटानी जाहेरी दरखास्तको आधारमा सो कार्यमा संलग्न रही वारदात पश्चात फरार रहेका नेक र अफताबलाई साउन २० गते मंगलबार दिउँसो १ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Tuesday, 2025 August 5, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया