सशस्त्र प्रहरीमा ठूलो संख्यामा एसएसपी र एसपीहरूको बढुवा (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ६ जना सशस्त्र प्रहरी उपरक्षिक (एसपी)हरूको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको सोमबारको निणयअनुसार ६ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सूचनाअनुसार एसएसपीका लागि बढुवाको सिफारिसमा पर्नेहरूमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर रहेका छन् ।

यसैबीच, बढुवा समितिले सशस्त्र प्रहरी उपरीक्षक (एसप)मा २२ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको बढुवा सिफारिस गरेको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, बसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर, भीमबहादुर विष्ट, नवराज बोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी रहेका छन् ।

त्यसैगरी, डीएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेहरूमा अमरबहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुँवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती, यदुकुमार कार्की, देवबहादुर बोहरा र दिनेशकुमार बस्नेत रहेका छन् ।

यसैबीच, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पद संख्या १ मा ई.मनोज बखुन्छे श्रेष्ठको बढुवा सिफारिस भएको छ ।

Published : Tuesday, 2025 August 5, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया