प्यारालाईसिस श्रीमतीको हत्या, श्रीमानद्वारा मकवानपुर प्रहरी समक्ष आत्मसमर्पण
हेटौँडा । प्यारालाईसिस रहेकी पत्नीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ४५ वर्षीय मनबहादुर शिवभक्तीलाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान ६ बजेतिर मकवानपुरगढी गाउँपालिका– ५ बुङदोलस्थितमा ससुरालीको घरमा बस्दै आएका मनबहादुर शिवभक्तीले घरमा कोही नभएको अबस्थामा आफ्नै श्रीमती वर्ष ४० दुर्गालक्ष्मी शिवभक्तीलाई घाँटी थिँचेर कर्तब्य गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
मानबहादुर शिवभक्ती बिहान ८ः३० बजे जिल्ला प्रहरी कार्याललय, मकवानपुरमा आएर पत्नीको हत्या गरेको जानकारी गराएका थिए । त्यसपछि मनबहादुर शिवभक्तीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रहरी टोली घटनास्थलमा पुगेर बारदात भएको स्थानलाई सुरक्षित राख्नुका साथै दुर्गालक्ष्मी शिवभक्तीको शव ओछ्यानमा उतानो अबस्थामा रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षक विश्वमभरनाथ साहको कमाण्डमा टोली खटिएको छ ।
प्रहरीसँगको प्रारम्भीक बयानमा अभियुक्त मानबहादुर शिवभक्तीले आफ्नी श्रीमती दुर्गालक्ष्मी शिवभक्ती प्यारालाईसिसको बिरामी रहेको र हिँडडुल गर्न नसक्ने अबस्थामा रहेकाले आफू तनावमा परेर श्रीमतीको घाँटी थिँची हत्या गरेको बताएका छन् ।
आफू समेत झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरीको सम्पर्कमा आएको प्रारम्भीक बयान दिएको एसपी खड्काले बताएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया