जबरजस्ती करणीको अभियोगमा पाल्पामा क्षेत्री र झापामा दर्जी पक्राउ

रामपुर । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, पाल्पाले ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई पक्राउ गरेको छ ।

पाल्पा जिल्ला निवासी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–७ बस्ने क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो ।

उता, झापामा वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती किशोरीलाई दमक नगरपालिका–३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

Published : Saturday, 2025 July 19, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया