काठमाडौंमा १३ जना जुवा खोल्ने समूह नगदसहित गिरफ्तार
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले १३ जनालाई जुवा तास खेलिरहेको अवस्थामा १ लाखभन्दा धेरै रकमसहित नियन्त्रणमा लिएको छ ।
साउन १ गते चन्द्रागिरी नगरपालिका वडा नं. ११ एकतावस्तीस्थित घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापामारेको थियो ।
मकवानपुरको थाहा नगरपालिका वडा नं. ११ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने वर्ष ४२ को साईला गोलेको कोठाबाट १३ जनालाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले जुवा खोल्ने समूहबाट १ लाख २८ हजार २ सय ६५ रुपियाँ बरामद गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ११ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १० एकताबस्ती बस्ने वर्ष ४२ का साईला गोले, वर्ष ४१ का राजकुमार तामाङ, कैलाश गाउँपालिका वडा नं.५ घर भएका ५४ वर्षीय धनबहादुर गोले, थाहा नगरापलिका १२ घर भएका २६ वर्षीय सन्तोष तामाङ, चन्द्रागिरी १० सतुङगलका ४३ वर्षीय अमृत श्रेष्ठ, थाहा नगरपालिका ७ का ३७ वर्षीय बेलबहादुर मोक्तान रहेका छन् ।
३९ वर्षीय आइतेसिंह लो, ललितपुरका ३८ वर्षीय सोम लामा, २९ वर्षीय कुमार बोम्जन, ४७ वर्षीय अम्मरलाल श्रेष्ठ, ५५ वर्षीय विष्णुदास श्रेष्ठ पनि पक्राउ परेका छन् ।
प्रहरीले सिन्धुपाल्चोक घर भइ चन्द्रागिरी, सानो मन्दिर बस्ने ४३ वर्षीय रमेशकुमार श्रेष्ठ र गोर्खाको गण्डकी गाउँपालिका वडा नं. ८ घर भउका ४९ वर्षीय ललितमान श्रेष्ठ पनि पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया