गायिका एलिनाले सार्वजनिक गरिन् विष्णुले कुटेर घाइते बनाउँदाको तस्बिर

काठमाडौं । गायिका एलिना चौहानले तत्कालीन समयमा पति विष्णु सापकोटाबाट आफूलाई भएको कुटपिटको तस्बिर सार्वजनिक गरेकी छिन् ।

एलिना र विष्णुबीच ६ महिना अगाडि सम्बन्ध विच्छे भएको छ । उनीहरू अलग अलग बस्दै आएका छन् । विवाह भएको एक वर्ष दुबै जना अलग अलग बसेका थिए ।

पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालबाट नाम नलिएर धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपछि पूर्वपत्नी समेत रहेकी गायिका एलिनाले आफूलाई कुटपिट भएको तस्बिर सार्वजनिक गरेकी हुन् । एलिनाले विष्णुप्रति संकेत गर्दै आफूले हिंसा व्यहोर्नु परेको जनाएकी छिन् । विष्णु सापकोटाको कुटाइबाट एलिना चौहानको मुखमा चोट लागेको छ । मुख सुनिएको अवस्थामा देखिएको छ ।

एलिनाले लेखेकी छिन्, ‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो । तर, समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय ग¥यो ।’

‘म कानूनी प्रक्रियामा जान बाध्य भएँ,’ एलिनाले भनिन्, ‘म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ ।’

‘मैले मेरो विगत खोल्नुप¥यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन,’ एलिनाले भनिन्, ‘त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन, न कुनै बदला लिने सोँच ।’

‘स्पष्ट भन्न चाहन्छु– यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन । यो लडाइँ हो–त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ ।’

‘जसले पीडितलाई नै कठघरामा उभ्याउँछ,’ एलिनाले भनेकी छिन्, ‘जब मैले आफ्ना भोगाइहरू सुनाएँ, ममाथि फेरि प्रश्नहरू उठाइए– ‘किन अहिले?’, ‘किन फेरि ?’ तर, मलाई थाहा छ–यो देश अझै पनि पुरुषप्रधान सोंचमा जकडिएको छ ।’

‘यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ । तर, अब म चुप लाग्दिन । अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो,’ उनले भनेकी छिन् ।

‘म हरेक कानूनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु,’ एलिनाले भनिन्, ‘किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ ।’

यसअघि, विष्णु सापकोटाले सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषा लेख्दै अष्ट्रेलिया र नेपाल दुबै स्थानमा कानूनी परामर्श लिँदै गरेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुनेछ । अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’

Published : Friday, 2025 July 18, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया