कैद भुक्तान गरि छुट्ने बेला चौकिदार गुप्ता पक्राउ

पर्सा । बाल सुधारगृह, पर्सामा चौकीदारको रूपमा कार्यरत व्यक्तिले बाल कैदीबन्दीहरूमाथि धम्की र दबाब प्रयोग गर्दै १० लाख रुपियाँभन्दा बढी रकम असुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौकीदार प्रमानन्द गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहाको लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्ता लागुऔषध सम्बन्धी कसूरमा कैद भुक्तान गरी छुट्ने क्रममा थिए । सुधारगृहमा रहेका १० जना बाल कैदीबन्दीहरूले छुट्ने दिनमै गुप्ताविरुद्ध गम्भीर आरोप लगाएका छन् ।

बाल कैदीहरूले सुधारगृह प्रशासन तथा सुरक्षामा खटिएका प्रहरीलाई गुप्ताले नगद र ई–सेवा मार्फत पटक–पटक गरी १० लाख १५ हजार रुपियाँ असुलेको जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, प्रारम्भीक अनुसन्धानमै गुप्ताले बालबालिकालाई मानसिक दबाब दिई आर्थिक लाभ लिएको पुष्टि भएको छ ।

प्रहरीले गुप्तालाई नियन्त्रणमा लिई वीरगञ्ज जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ अन्तर्गत अनुसन्धानका लागि तीन दिनको म्याद थप अनुमति लिएको छ ।

Published : Friday, 2025 July 18, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया