युवतीसहित ३ जनालाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले बालाजुको गंगाहल, शान्ति मार्गस्थित कोठाबाट ३५ हजार ५९० ट्रामाडोल क्याप्सुल र १२ हजार ५ सय किलोग्रामसहित मोरङको बेलबारीका ३२ वर्षीय निकु राईलाई पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमार्फत जनाएको छ ।
असार १३ गते काठमाडौं बल्खुस्थित १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाईजेपाम, १० हजार ३६७ एम्पुल फेनार्गन गरी जम्मा ३१ हजार १०१ एम्पुलसहित कुंगा तामाङ र पदमबहादुर महतलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
औषधिजन्य लागुऔषध बिक्रीवितरण गर्नका लागि आफू बस्दै आएको डेराकोठाभन्दा छुट्टै कोठा भाडामा लिई लागुऔषध भण्डारण गरी बिक्रीवितरण गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट प्रहरी कारबाहीका क्रममा लागुऔषध कारोबारमा संलग्न गिरोहका मानिसहरू पक्राउ परेका सूचना अधिकारी जनकबहादुर शाहीले जानकारी दिएका छन् ।
शाहीका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया