कोहलपुरमा जनगर्जनकाे धन्दा, प्रहरीद्वारा रेड, ठूलाे परिमाणमा पैसा र अफिम बरामद
कोहलपुर । बाँके र सुर्खेत प्रहरीको संयुक्त टोलीले बाँकेको कोहलपुरबाट नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका स्थायी घर भएका मनबहादुर सहकारी र रूकुम बाँफेकोट नगरपालिका– १० की सपना पुनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । मनबहादुरले आफूलाई पत्रकार बताउने गरेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका– ११ न्युरोडमा रहेको जनगर्जन नेटवर्क प्रा.लि.को शाखा कार्यालयबाट १ हजार दरका ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिमसहित उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ घर भएर कोहलपुर बस्दै आएका मनबहादुर सहकारीले सञ्चालन गरेको जनगर्जन नेटवर्कको कार्यालयभित्र लागुऔषध अफिम र नक्कली नोट फेला परेको छ ।
प्रहरीले अफिम र नेपाली नक्कली नोटसँगै नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नोटसहित पक्राउ गरेका व्यक्तिको बयानका आधारमा कोहलपुरमा छापा मारेको थियो । पक्राउ परेका दुई जनालाई सुर्खेत प्रहरीले हिरासतमा लिएको बाँके प्रहरी प्रवक्ता दीपक पातलीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया