तुलसीपुरमा ३३ वर्षीया महिलालाई करणी गरेको अभियोगमा वीरबहादुर पक्राउ

तलसीपुर । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, दाङले ३५ वर्षीय वीरबहादुर वलीलाई पक्राउ गरेको छ ।

३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका– ११ घर भएका वलीलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय बुलेटिनमा उल्लेख छ ।

Published : Sunday, 2025 July 13, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया