एनआरएनए जापानको युवा संयोजकमा रन्जित महर्जनको उम्मेदवारी, विजयी गराउन अपील
काठमाडौं । गैर आवासीय नेपाली संघ, जापान (एनआरएनए)को युवा संयोजकको उम्मेदवार घोषणा गरेका लोकप्रिय युवा रञ्जित महर्जनको उम्मेदवारी घोषणासँगै तरंग उत्पन्न भएको छ ।
समर्थकहरूले यतिखेर जापानमा रहेका रञ्जित महर्जनलाई जिताउ अभियान नै चलाइरहेका छन् । जापानमा बसोबास गर्दै आइरहेका युवाहरूले रञ्जित महर्जनलाई विजय गराउनका लागि समूह नै खडा गरेर प्रचार प्रसार गरिरहेका छन् । प्रचार प्रसार नेतृत्वको मोर्चा प्रभावशाली युवा कुमार तामाङ वाईबा र रोहित न्यौपानेले गर्दै आइरहेका छन् । रन्जित महर्जनलाई विजयी बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट प्रचार प्रसार गरेर विजयी बनाउन अपील गरिएको छ ।
जापानमा रहेका हरेक युवाहरूका साथै वृद्ध बृद्धाहरू लगाएत अन्य साथीभाईहरूलाई हरेक सुखदुःख सारथीको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
युवाहरूको सहयोग र प्रचार प्रसारका कारण रन्जित महर्जनको जित पक्कापक्की जस्तै रहेको युवाहरूले बताएका छन् ।
युवा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रन्जित महर्जन कुनै समयका फुटबलका स्टार खेलाडी मानिन्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया