तुलसीपुरमा किशोरीलाई करणी गर्ने मगर पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले ३८ वर्षीय चन्द्र मगरलाई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
शुक्रबार १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपलिका–१४ बस्ने मगरलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
किशोरीलाई जबरजस्ती करणका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Sunday, 2025 June 29, 10:05 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया