विष्णुमतीमा कर खस्दा भावना ओली गाडीभित्रै, अंकुश सिंह भने हामफाले
काठमाडौं । प्रहरीले काठमाडौंको विष्णुमती खोलामा खसेर बगेको गाडी (कार)बाट भावना ओलीलाई सकुशल उद्धार गरेको छ ।
बुधबार राति सवा दश बजे काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ ग्राण्डी अस्पताल पछाडि विष्णुमती खोला किनाराबाट कर खसेको थियो ।
धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको बा.प्र. ०१–०३१ च ६१४१ नम्बरको प्राइभेट कार अचानक खोलामा खस्न गएपछि सवारी चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेर बचेका थिए । भावना ओलीलाई गाडीभित्रै छाडेर अंकुश सिंह आफू भने हामफालेर बचेका थिए ।
गाडीभित्र सवार काठमाडौंको टोखा बस्ने भावना ओली गाडीसहित बगेकी थिएन् । बाँनियाटार पुलमा आइपुगेको गाडी अडिकएको अवस्थाबाट भावना ओलीलाई प्रहरीले स्थानीय व्यक्तिहरू समेतको सहयोगमा उद्दारको विज्ञप्तिमार्फत जनाएको छ ।
उद्धार गरिएकी भावना ओलीलाई प्रहरीले उपचारको लागि ग्रिनसिटी अस्पतालमा पठाएको छ ।
कारलाई क्रेनको सहायताले खोलाबाट बाहिर निकालेको छ । कारलाई प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया