बारामा ठूलो परिमाणमा लागुऔषध र पैसासहित बुढाथोकी पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले १ किलो ९३३ ग्राम लागुऔषध चरेस र १ लाख २३ हजार रूपियाँसहित १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बुधबार प्रहरी चौकी पथलैयाबाट प्रहरी नायव निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकबाट वर्ष ५६ का बच्चुकुमार बुढाथोकीलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ घर भइ हाल बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.६ सिदरीया टोलमा बस्ने बुढाथोकीलाई लागुऔषध र रकमसहित पक्राउ गरिएको प्रहरी भनाइ छ ।
नारायणघाटबाट आउँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्दा सह–चालक साईडको सिटमा कालो झोला साथमा लिई बसेका बुढाथोकीको साथबाट लागुऔषध चरेस र रकम बरामद भएको थियो ।
बुढाथोकीको साथबाट १ किलो ९३३ ग्राम लागुऔषध चरेस तथा नेपाली ६० हजार ५ सय र भारतीय ३९ हजार २१७ रुपियाँ गरी जम्मा १ लाख २३ हजार २४७ रुपियाँ बरामद भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया