पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । पताञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपालसँग विशेष अदालतले ३५ लाख रुपियाँ धरौटी माग गरेको हो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार राति घर जान पाउनेछन् ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।
तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया