प्रहरी विधेयक असार महिनाभित्र टुङ्गाएर सदनमा लैजानुपर्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारको तर्फबाट कुनै ढिलाइ हुन नसक्ने बताए । उनले प्रहरी प्रशासनको नीतिगत कानूनी र संरचनागत परिमार्जनका लागि ल्याइएको प्रहरीसम्बन्धी विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।
समितिमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
गृहमन्त्री लेखकले यही महिनाभित्र विधेयकलाई टुङ्गाएर सदनमा लैजाने अवस्था बनाउन समितिलाई आग्रह गरेका छन् ।
विधेयकका सन्दर्भमा समितिमा भएको छलफल र निष्कर्षलाई सरकारले स्वीकार गर्ने लेखकले बताए ।
गृहमन्त्री लेखकले नागरिकतासम्बन्धी विधेयक पनि छिटै पारित हुने बताएका छन् । समिति सदस्यहरूले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया