अध्यक्ष श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीहरू एक हुने सहमति
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष महेशकुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता हुने भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भई गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सञ्चालन भइ आएको संस्था हो । गैरआवासीय नेपाली संघ अमेरिका २०२३ देखि सञ्चालन हुँदै आएको छ ।
एकताको लागि दुई संस्थाका अध्यक्षहरू डा.अर्जुन बन्जाडे र सूर्य लम्सालले लिखित सहमति गरेका छन् । सहमतिअनुसार डा.अर्जुन बन्जाडेले नेतृत्व गरेको एनआरएनए एनसीसी अमेरिकाले संघका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सूर्य लम्सालको उपस्थिति रहेको छ ।
सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले संघका अध्यक्ष श्रेष्ठलाई स्वागत गर्न न्युयोर्कमा हुन गइरहेको कार्यक्रममा पनि डा.अर्जुन बन्जाडे र अन्य पदाधिकारीहरूको उपस्थिति हुनेछ ।
शुक्रबार बाल्टिमोरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले एनआरएनए विवादका कारण संस्थाप्रति नै नकारात्मक धारणा बनेको बताए । उनले काठमाडौंमा गत महिना सम्पन्न एकता महाधिवेशनको मर्म बमोजिम संस्थालाई एकजुट बनाउन आफूले सक्दो पहल गरिरहेको पनि जनाएका छन् ।
सन् २०२२ मार्चमा काठमाडौंमा छुट्टाछुट्टै एनआरएनएका दशौँ महाधिवेशन आयोजना गरिएपछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटीहरू गठन भएका थिए ।
अमेरिकाका दुवै कमिटीहरूबीच एकता प्रक्रिया बढाउन भएको सहमतिले संसारभरि नै एउटा सकारात्मक संदेश गएको एनआरएन अभियन्ताहरूले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया