बैंकिङ कसूरमा सांसद सुमनविरुद्द पक्राउ पुर्जी जारी
काठमाडौं । लुम्बिनी प्रदेश सभामा जनमत पार्टीकी सांसद एवम् पूर्वमन्त्री सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
रायमाझीविरुद्ध पर्साकी आशाकुमारी चौहानले उजुरी दिएकी छिन् । रायमाझीले साढे ५ लाख रुपियाँ सापटी लिएकी थिइन् ।
चेक बाउन्स भएपछि आशाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
जनमतकी समानुपातिक प्रदेशसभा सदस्य रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई पत्र लेखेर रायमाझीलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । रायमाझी बर्दिया जिल्ला निवासी हुन् ।

Published : Sunday, 2025 June 22, 3:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया