परराष्ट्रमन्त्री डा.राणाको निर्देशनपछि भारत, उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपालीको उद्धार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाको निर्देशनपछि भारतस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको विभिन्न स्थानबाट उद्धार गरेको छ ।
भारतको उत्तराखण्डको काशिपुरमा बोलाइ बन्दी बनाएर विभिन्न शीर्षकमा रकम असुल गरेको भन्ने सूचना पाउनेवित्तिकै डा.राणाले उद्धारका लागि दिल्लीस्थित नेपाली राजदूत डा.शंकर शर्मालाई उद्धारका लागि निर्देशन दिएकी थिइन् ।
त्यसपछि राजदूतावासले उत्तराखण्ड प्रहरी र किन ईण्डिया नामक सामाजिक संस्थाको सहयोगमा साउन ५ गते शुक्रबार ३५ नेपालीहरूको सफलतापूर्वक उद्धार गरिएको नेपाली राजदूतावास नयाँ दिल्लीको विज्ञप्तिमा उल्लेख छ ।
‘आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाहरूका युवाहरूलाई भारतको उत्तराखण्डको काशिपुरमा बोलाइ बन्दी बनाएर कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको भन्ने व्यहोरा यस राजदूतावासको जानकारीमा आएपछि परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन ईण्डिया नामक सामाजिक संस्थाको सहयोगमा यहि मिति २०८२ साउन ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरेका थियो,’ विज्ञप्तिमा भनिएको छ ।
‘उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका थप नेपाली युवाहरूको खोजी र उद्धार कार्य जारी रहेको छ । उद्धार गरिएका व्यक्तिहरूलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइनेछ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया