एक सयभन्दा धेरै युवाहरू तरुण दल इनरुवामा प्रवेश
इटहरी । नेपाल तरुण दल इनरुवा नगर कार्यसमिति, सुनसरीमा विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरू प्रवेश गरेका छन् ।
शनिबार इनरुवामा तरुण दलले आयोजना गरेको कार्यक्रममा एक सयभन्दा धेरै युवाहरू तरुण दलमा प्रवेश गरेका हुन् ।
तरुण दल इनरुवाका सभापति अरविन केसीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले नवप्रवेशी युवाहरूलाई तरुण दलमा स्वागत गरेका हुन् । कोइरालाले नवप्रवेशीहरूलाई तरुण दलको संगठन निर्माणमा लाग्न आग्रह गरेका छन् ।
तरुण दल सुनसरी क्षेत्र नं. ४ का क्षेत्रीय सचिव सत्यनारायण यादवले इनरुवा–२ निवासी विवेक खतिवडालाई नगर उपसभापति पदमा मनोनीत पनि गरेको छन् ।
जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहता, नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, सुनसरी क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया