आईजीपी अर्यालद्वारा एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
बुधबार सशस्त्र प्रहरी मुख्यालय, हलचोक, स्वयम्भुमा आयोजित विशेष कार्यक्रममा आईजीपी अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका मगरलाई हार्दिक बधाई दिएका छन् । बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक अर्यालले बताए ।
मन्त्रिपरिषदले मगरलाई सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरेको थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरू र विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया