रविका पार्टनर जीबी भागेका बेला रेड नोटिसमार्फत भण्डारी पक्राउ
काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई रेड नोटिसमार्फत पक्राउ गरेर प्रहरीले नेपाल ल्याएको छ ।
रेड नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए । भण्डारीलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।
भण्डारीलाई बुधबार बिहान काठमाडौं ल्याइपु¥याएर सीआईबीमा लगिएको स्रोतले जनाएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेका पार्टनर गितेन्द्रबाबु राई (जीबी) मलेसियामा भोगेर बसेका छन् ।
राईलाई नेपाल ल्याउन कठिनाइ भइरहेका बेला गृहमन्त्री रमेश लेखकको विशेष पहलमा सहकारी ठगका अभियुक्त भण्डारीलाई रेड नोटिसमार्फत पक्राउ गरेर नेपाल ल्याइएको छ ।
सहकारीको करोडौं रकम ठगी गरेर रास्वपाका सभापति लामिछानेका पार्टनर राई मलेसिया लुकेर बसेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया