डीएसपी हुँ भनेर ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको डीएसपी हुँ भनि ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरीको डीएसपी हुँ भनि प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रूपियाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया