रानीचौर सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जाजरकोटस्थित भेरी नगरपालिका-१० को रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
वनको राजस्व रकम हिनामिना गरेको उजुरी परेपछि अनुसन्धान गर्दा शाहीले नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट ०७८ चैत २० गते ७ लाख रकम झिकेर ६३ हजार ९५३ रुपैयाँ दाखिला गरी झिकेको रकमको मात्रै राजस्व दाखिला गरेको अख्तियारले उल्लेख गरेको छ ।
शाहीले कृषि विकास बैंकले १४ वटा झुटा तथा नक्कली राजस्व दाखिला गरी कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी एउटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी उपभोक्ता समूहमा पेस समेत गरी गैरकानुनी लाभ र उपभोक्ता समूहको खातामा रहेको ६ लाख ३६ हजार ४७ रुपियाँ बदनियतपूर्वक हिनामिना गरेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया