डीआईजी घिमिरेलाई प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई तोकेको छ ।
घिमिरे नेपाल प्रहरी महानिरीक्षकको सचिवालय कार्यरत छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ । सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह–प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको छ ।
Published : Thursday, 2025 June 5, 6:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया