जातीय भेद्भाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन सक्दैन, विधानमा व्यवस्था छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले २०६२/०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको बताए ।
धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटना देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुने गरेको उनले बताए ।
नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज सथापना गर्न पार्टीको स्थापनाकालदेखि नै उद्देश्य राखेर आएको सभापति देउवाले बताए ।
उनले भने, ‘२०६२/०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसद्मा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको हो । यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटना देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुन्छ ।’
उनले भने, ‘यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवले साबित गरिसकेको छ । नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज स्थापना गर्न हाम्रो पार्टीको स्थापनाकालदेखि नै उद्देश्य राखेर आएको छ ।’
सभापति देउवाले मुलुकका सबै समस्याको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताए । जातीय भेद्भाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया