प्रमुख सचेतकहरू र सभामुखबीच छलफल
काठमाडौं । विपक्षी दलहरूले संसद अबरोध गर्दै आएका बेला सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग संसद सञ्चालनका विषयमा छलफल गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षी दलहरूले संसदको बैठक अबरुद्ध गर्दै आएका छन् । उनीहरूले छानविनको माग पनि गरेका छन् ।
संसदको बैठक सञ्चालन र विपक्षीहरूलाई मनाउन सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल भए पनि अन्तिम निर्णय भइसकेको छैन ।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे लगायतको उपस्थिति रहेको छ ।
संसदको बैठक १ बजेका लागि बोलाइएको थियो । सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्न समय लिएपछि बैठक लम्बिएको छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ माथि छलफल हुने कार्यसूची रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया