मोरङ कांग्रेसका सभापति लिम्बुद्वारा पूर्वसांसद उषा गुरुङसँग विवाह
विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति एवम् पूर्वमन्त्री डिगबहादुर लिम्बुले कांग्रेसकै पूर्वसांसद उषा गुरुङसँग विवाह गरेका छन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका लिम्बुसँग विवाह गरेकी उषा गुरुङ संविधानसभा सदस्य हुन् । लिम्बु र गुरुङले करीव ४५ दिन अगाडि सुटुक्क विवाह गरेका थिए । दुवै जनाको विवाह दोस्रो हो ।
उनीहरुको विवाहबारे सार्वजनिक भएको थिएन् । केही दिनअघि गुरुङले आफ्नो प्रोफाइलमा मेरो संसार भन्दै लिम्बुसँगको फोटो सेयर गरेपछि विवाह गरेको विषय बाहिर आएको छ ।
लिम्बु पूर्व यूवा तथा खेलकुदमन्त्री तथा मोरङ क्षेत्र नम्बर १ का सांसद हुन् । लिम्बुकी श्रीमती गंगामाया लिम्बुको २०८० पुस २६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
मोरङ कांग्रेसका सभापति लिम्बुका १ छोरी र १ छोरा छन् । संविधान सभा सदस्य उषा गुरुङको श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । उषा नेपाली कांग्रेसबाट २०६४ संविधानसभा सदस्य भएकी थिइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया