गृहमन्त्री र आईजीपीको समन्वयपछि प्रहरीका बसहरू सडकमा निस्किए, काठमाडौंमा निःशुल्क यात्रा गर्न पाइने
काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र यात्रुलाई आवत जावत गर्न सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।
गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी दीपक थापाबीचको समन्वयमा प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा सोमबार निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको सूचनामा उल्लेख छ ।
पहिलो रुटमा प्रहरीको सेतो नम्बर प्लेटका बसहरू बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जय नेपाल हल, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ हुँदै नयाँ बसपार्कसम्म चल्नेछन् ।
दोस्रो रुटमा एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक हुँदै चावहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपुल, गौशालासम्म बसहरू सञ्चालन हुनेछन् ।
कालो नम्बर प्लेटका भाडाका सार्वजनिक सवारी सधान सञ्चालकहरूले देशभरि हड्ताल गरेपछि प्रहरीले काठमाडौं उपत्यकाभित्रको यातायात सहज बनाउन आफ्ना बसहरू सडकमा निकालेको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया