गृह मन्त्रालयद्वारा चार जिल्लाका सीडीओहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले चार वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
आइतबार गृह मन्त्रालयले बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो ।
सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथर जिल्लामा सीडीओका रुपमा सरुवा गरिएको छ ।
कास्कीको प्रमुख जिल्ला अधिकारीमा रुद्रादेवी शर्माको सरुवा भएको छ । शर्मा यसअघि बर्दियामा प्रमुख जिल्ला अधिकारी रहेकी थिइन् ।
कास्कीका सीडीओ भरतमणि पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
Published : Sunday, 2025 June 1, 9:54 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया