मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा, टाटा सुमो र दुई जनालाई पक्राउ
हेटौँड । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो १२० ग्राम गाँजासहित २ जना मानिसलाई पक्राउ गरेको जनाएको छ ।
आइतबार बिहान १ बजेर ३० मिनटको समयमा थाहा नगरपालिका वडा नं.०३ थानाबजारस्थित त्रिभुवन राजपथ सडकखण्डबाट गाँजा बोकेको गाडीसहित दुई जनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
लागुऔषध ओसार पसार भइरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको थियो ।
डाडाँबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ च ४४११ नम्बरको टाटा सुमो गाडीमा गाँजा बरामद भएको थियो । टाटा सुमोका चालक गोरखाको पालुङटार नगरपालिका काठमाडौं महानगरपालिका वडा नं.१३ कालीमाटी डेरा गरी बस्ने वर्ष २८ को मधुसुदन अधिकारी र सोही सुमोमा सवार रही आएका सिन्धुलीको दुधौली नगरपालिका वडा नं.०८ खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाडौंको डल्लुमा डेरा गरी बस्ने वर्ष २५ को नवराज खड्कालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
मधुसुदन अधिकारी र नवराज खड्कालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसूर मुद्धामा १० दिनको म्याद अनुमति लिइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया