कांग्रेस नेता बस्नेतद्वारा विजेटा फुटबल टिमलाई ट्रफी प्रदान
त्रिपुरासुन्दरी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप–२०८२ को विजेता फुटबल टिमलाई ट्रफीसहित पुरस्कार प्रदान गरेका छन् ।
शनिबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय, सिन्धुपाल्चोक जिल्ला फुटबल सघंको प्राविधिक सहयोगमा खेलकुद विकास समिति र त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा फुटबल प्रतियोगिता भएको थियो ।
प्रमुख अतिथिका रुपमा सहभागी पूर्वमन्त्री बस्नेतले विजेता टिमलाई ट्रफीसहितको पुरस्कार प्रदान गरेका हुन् । उनले खेलाडीहरूको भविष्यका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेता बस्नेतले विजेता टिम, खेलाडी, शुभेच्छुकहरू, खेलप्रेमी सबैप्रति आभार प्रकट गरेका छन् ।
Published : Saturday, 2025 May 31, 8:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया