नेपाली सञ्चारमाध्यमको परिचय पत्र प्रयोग गरेर विदेशी सञ्चारमाध्यममा रिर्पोटिङ गर्न नपाइने
काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पनि विदेशी सञ्चार माध्यम तथा पत्रकारले नेपालभित्र समाचार सामग्री संकलन÷सम्प्रेषणका लागि कानूनीरुपमा तोकिएको प्रक्रिया अपनाई नेपाल सरकार, सूचना तथा प्रसारण विभागबाट अनुमतिपत्र÷प्रेस प्रतिनिधि प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको जनाएको छ ।
प्रेस काउन्सिलले विज्ञप्ति जारी गरेर भनेको छ, ‘नेपाल सरकारको प्रचलित कानूनअनुसार अनुमतिपत्र, परिचयपत्र प्राप्त नगरी गरिएको कुनै पनि पत्रकारितासम्बन्धी गतिविधि गैरकानूनी एवम् पेसागत आचरण विपरित हुने हुँदा कानूनअनुसार अनुमति लिएरमात्र समाचार संकलन, सम्प्रेषण गर्न, गराउन प्रेस काउन्सिल नेपाल सम्वद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छ ।’
‘प्रेस स्वतन्त्रता दुरुपयोग हुन नदिनेतर्फ समेत क्रियाशील र सचेत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनताविरुद्ध, जातजाति, धर्म, सम्प्रदाय, भाषा संस्कृतिबीच सु–सम्बन्ध र सामाजिक सदभावमा खलल पार्ने, अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रबीच भाइचाराको सम्बन्धमा प्रतिकुल असर पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्न÷नगराउन सम्बन्धित सम्पूर्णमा अपील गर्दछ ।’
नेपालमा केही सञ्चारकर्मीले स्थानीय सञ्चारमाध्यमको प्रेस प्रतिनिधि प्रमाणपत्र प्रयोग गरेर विदेश सञ्चारमाध्यममा रिर्पोटिङ गर्दै आएका छन् । त्यो कार्य गर्न कानूनले दिँदैन । विदेश सञ्चारमाध्यमको रिर्पोटिङ गर्ने हो भने सूचना विभागबाट अनुमति लिनुपर्छ ।
प्रहरीसहितको निकायले विदेशी पत्रकारहरूको परिचयपत्र वा सूचना विभागको अनुमति पत्र हेरेर आवश्यक कारबाही गर्न सक्नेछन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया