संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक शासनको रक्षा गर्नुछ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले १८औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गर्दै भने, ‘१८औं गणतन्त्र दिवसको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
‘गणतन्त्र स्थापना गर्न बलिदान दिनुहुने ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं,’ उनले भने ।
‘संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकासको माध्यमबाट नै समुन्नत र समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गर्दछौं,’ अध्यक्ष गुरुङले भने ।
‘गणतन्त्र प्राप्तिपछि हासिल गरेका उपलव्धिहरूलाई संस्थागत गर्दै कार्यान्वयन गर्न जोड दिनुपर्छ,’ उनले भने ।
‘नागरिक स्वतन्त्रता, मानव अधिकारको मुद्दाहरूलाई सम्बोधन गरि राष्ट्रलाई दिगो विकासको मुद्दाहरूमा अघि डो¥याउनु पर्छ,’ उनले भने ।
‘यस ऐतिहासिक उपलव्धीलाई रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो र राष्ट्रको विकासमा लाग्न प्रेरणाको स्रोत पनि हो,’ अध्यक्ष गुरुङले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया