सानु भाई र एमाले समर्थक विवादित व्यक्तिको अडियोको अनुसन्धान गर्न तरुण दलको माग
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले युवराज पाैडेल ‘सफल’ भन्ने व्यक्तिलाई ज्यान मार्छु भनेर दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मंगलबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर ज्यान मार्छु भनेर धम्की दिने सानु भाई भन्ने व्यक्तिलाई कारबाहीका लागि सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । उनले भने, ‘सानु भाई भनिएको व्यक्ति नेपाल तरुण दलको केन्द्रीय सदस्य नरहेको जानकारी पनि यसै विज्ञप्तिमार्फत गराउँछ छौँ ।’
अध्यक्ष गुरुङले भने, ‘प्रस्तुत विषयमा नेपाल तरुण दलमा आवद्ध भएको भनी सानु भाई भन्ने व्यक्तिले नेपाल सरकारका माननीय गृहमन्त्री रमेश लेखकको मुद्दा फिर्ता गर नत्र ज्यान मार्छु भनी युवराज सफलसँग भएको कुराकानीको अडियो सामाजिक सञ्जालमार्फत बाहिर आएकोप्रति नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘ती दुई पक्षहरूका बीच नेपाल तरुण दलको नाम जोडेर आएको उक्त अडियोको निष्पक्ष छानविन गरि हाम्रो संगठनलाई दुर्भावना राखी बद्नाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानु भाई दुबैलाई अनुसन्धानको दायरामा ल्याई कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन प्रशासनलाई अनुरोध गर्दछौं,’ तरुण अध्यक्ष गुरुङले भनेका छन् ।
एमाले समर्थक युवराज सफल भन्ने विवादास्पद व्यक्तिले गृहमन्त्री लेखकलाई पदमुक्त गर्न भन्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् । अराजक र उत्तेजक हर्कत गर्दै आएका युवराजबाट धेरै व्यक्तिहरू पीडित बनेका छन् ।
चर्चा पाउनका लागि युवराज आफैले सानु भाई भन्ने व्यक्ति आफै खडा गरेर नेपाल तरुण दल र गृहमन्त्री लेखकको बद्नाम गराउन खोजेको त होइन प्रश्न उब्जिएको छ । सो विषयको अनुसन्धान गर्न तरुण दलले विज्ञप्तिमार्फत सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया