सहकारी ठगका अभियुक्त रविलाई बचाउन रास्वपाका सांसदहरूले कांग्रेसप्रति प्रतिशोध देखाए
काठमाडौं । सहकारी ठगी र संगठित अपराधका अभियुक्त सभापति रवि लामिछाने पुर्पक्षमा थुनामा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिशोध देखाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरूले लामिछानेलाई पुर्पक्षमा पठाएको आक्रोश देखाएका छन् । सांसद शिशिर खनालले लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएकाले गृहमन्त्री रमेश लेखकलाई पनि राजीनामा दिन लगाएर छानविन समितिको माग गरे । सांसद खनालको अभिव्यक्तिमा प्रतिशोध देखिएका छ । उनले लामिछानेलाई सहकारी ठगीको मुद्दा चलाएको आफूहरूलाई मन नपरेको अभिव्यक्ति दिएका छन् ।
लामिछाने तत्कालीन समयमा गृहमन्त्री रहेका बेला गोरखा मिडिया नेटकर्व प्रा.लि.को सहकारी ठगी प्रकरणमा भएको छानविन र मुद्दालाई पटक पटक रास्वपाका सांसद खनालले संसदमा अभिव्यक्ति दिने बेला बोलेका थिए । रास्वपाका सांसदहरूले अध्यागमनमा सहसचिवले गरेको कार्यलाई गृहमन्त्रीसँग जोडेर राजीनामा दिनुपर्ने, छानविन र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने पूर्वाग्रही रुपमा माग गरेका थिए ।
रास्वपाका सांसदहरूको आक्रोश नेपाली कांग्रेसप्रति देखिएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बोल्न खोज्दा रास्वपाका सांसदहरूले बोल्न दिएनन् । गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर रास्वपाका सांसदहरूले कांग्रेसप्रति प्रतिशोध साँधेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया