१ सय किलो सुन तस्करी मुछिएका माओवादी नेता वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागे
काठमाडौं । झण्डै एक क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका र बचाइएका नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री वर्षमान पुनले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रकरणलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
तिब्बती मूलका नेपाली ज्वाइँ दावा छिरिङसँग मिलेर सुन तस्करी गरेको आरोप छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई सुन तस्करी प्रकरणमा बचाएका थिए ।

एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका माओवादीका उपमहासचिव पुनले छिरिङ र उनकी पत्नी अमला रोकासँग निवासमै बसेर योजना बनाएको अभियोग लागेको थियो । सुन स्कर दावा पक्राउ परेपछि वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग खिचिएका उनका र उनकी श्रीमती केही तस्बिरहरू सार्वजनिक भएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया