दुई किशोरीलाई दुई युवकद्वारा करणी
खाँदबारी । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले दुई जनालाई पक्राउ गरेको छ ।
१६ र १७ वर्षीया २ जना किशोरीहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा चिचिला गाउँपालिका–२ बस्ने ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय प्रकाश राई रहेका छन् ।
उनीहरूले ती किशोरीहरूलाई बुधबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई खाँदबारी नगरपालिका–१ बाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Monday, 2025 May 26, 11:09 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया