सीडीओ र एसपीसहितको टोलीद्वारा रामपुर प्रहरीको निरीक्षण
रामपुर । पाल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी)ले इलाका प्रहरी कार्यालय, रामपुरको निरीक्षण गरेका छन् ।
सोमबार सीडीओ तोयनारायण सुबेदी र एसपी पवनकुमार भट्टराईसहितको टोलीले इलाका प्रहरी कार्यालय रामपुरको निरीक्षण भ्रमण गरेको हो । त्यस क्रममा रामपुर प्रहरीका प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले स्वागत गरेका थिए ।
निरीक्षणका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, सशस्त्र प्रहरी बल पाल्पाका डीएसपी श्यामसंगती महर्जन सहितको टोलीले निरीक्षण गरेको प्रहरी निरीक्षक नेपालीले बताए ।
इलाका प्रहरी कार्यालय रामपुरको शाखाहरू, हिरासत कक्ष, ब्यारेक समेतको निरीक्षण गरिएको छ । त्यस क्रममा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया