भ्रम फैलाएर गृहमन्त्री लेखकको राजीनामा माग्नेहरूलाई एकपछि अर्को झट्का
काठमाडौं । गृहमन्त्री रमेश लेखकका विरुद्व भिजिट भिषामा ५० लाखको अफवाह फैलाएर राजीनामा दिनुपर्छ भन्दै सुझाव दिने नेपाली कांग्रेस कै नेता हन् वा समाजिक सञ्जालमा लेखकको स्वच्छ राजनीतिमा दाग लगाउन तल्लिन गिरोह दबैलाई नेपाली कांग्रेसका वरिष्ठ नेताहरू, सरकारका प्रवक्ता, एमाले, नागरिक समाजका अगुवाहरू सबैले गतिलो झापड दिएका छन् ।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कर्मचारीले गल्ती गरेको आधारमा मन्त्रीले राजीनामा दिने चलन संसारमा कतै नभएको बताउँदै यस किसिमको परिपाटीले देश नै बर्बाद हुने बताएका छन् । विराटनगरमा सिटौलाले कुनै पनि व्यक्ति दोषी नभएसम्म आरोप कै भरमा राजीनामा नआउने बताए । उनले राजीनामा माग गर्ने गिरोहलाई विराटनगर नै पुगेर पहिलो झापड हानेका हुन् ।
कांग्रेसकै नेता गुरुराज घिमिरेले पनि कांग्रेसका स्वच्छ छवि भएका नेता लेखकलाई बदनाम गर्न रचिएको षडयन्त्रका पछि नलाग्ने आव्हान गरेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुव्वा गरुडले कर्मचारीलाई कारवाही हुँदा गृहमन्त्रीको राजीनामा माग्ने अप्रजातान्त्रिक भएको प्रतिकृया दिएका छन् । गुरुङको प्रतिक्रियाले राजीनामा वाला गिरोहलाई अर्को गतिलो झापड भएको छ ।
आइतबार ललितपुरमा बसेको एमालेको सचिवालय बैठकले त आरोप लाग्दैमा कसैले पनि राजीनामा दिन नपर्ने बताएपछि राजीनामा दिन पर्छ भन्दै समाजिक सञ्जाल तताउनेहरू तै चुप मै चुपको अवस्थामा पगेका छन् ।
सोमबार बस्ने नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि गृहमन्त्री लेखकलाई विना कारण लगाइएको आरोपको प्रतिरक्षामा उत्रिने आशा गर्न सकिन्छ । सभापति शेरबहादुर देउवाको सारथिका काम गर्दै आएका लेखकलाई देख्न नसक्नेहरूले बदनाम गर्न तानावाना बुनेका छन् । ती षड्यन्त्रकारीहरूका तानावाना आफै पर्दाफास हुन थालेका छन् ।
नेपाली कांग्रेसबाट देउवापछि सुदूरपश्चिमबाट पहिलो पटक गृहमन्त्री बनेका लेखकलाई दाग लगाएर आफ्नो भविश्य देख्ने केही भेगीय नेताको पनि हैसियत यो घटानले देखाइदिएको छ ।
नेपाली कांग्रेसलाई उनीजस्तै कुराभन्दा कामका विश्वास गर्ने, स्वच्छ छवि, निष्कलंंक, कानूनभन्दा बाहिर गएर काम नगर्ने इमान्दार नेताको खाँचो छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया